Skip to content

मलाई छले जस्तै गरी छड्कियौ कि कतै ?


मलाई छले जस्तै गरी
छड्कियौ कि कतै ?
कि कसैको जालमा परी
अड्कियौ कि कतै ?

एक्लै–एक्लै डुली हिँड्थ्यौ
एकान्तमै रमाएर
बन्धनमा नि कति राख्नु
सँधैं हात समाएर ।।
एकान्तमा एक्लै बस्दा
सड्कियौ कि कतै ?
कि कसैको जालमा परी
अड्कियौ कि कतै ?

आगो भई बिष्फोटिन्थ्यौ
कुनै कुरा गर्दा खेरी
रिसाएर चुर हुन्थ्यौ
सामु कोही पर्दा खेरी ।।
गोला, बम, बारुद भई
पड्कियौ कि कतै ?
कि कसैको जालमा परी
अड्कियौ कि कतै ?

मलाई छले जस्तै गरी
छड्कियौ कि कतै ?
कि कसैको जालमा परी
अड्कियौ कि कतै ?

पुस्कल पौडेल (प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *