Skip to content

दुखै दुखको भूमरीमा भुटिएको मान्छे


सदा दुःखी म त हजुर लुटिएको मान्छे
आफन्तको हातबाट नै कुटिएको मान्छे

हिडन खोज्दा ठेस लाग्छ अघि बढौं कसरी
यस धर्तिमा नउम्रिदै ठुटिएको मान्छे

अघि पछि कोही छैन जिन्दगीको बाटोमा
नदीको दुई किनारा झै छुटिएको मान्छे

हाँसो खुसी माया छेक्छ निराशाको बादलले
जन्मदैमा भाग्य हजुर फुटिएको मान्छे

जहाँ टेक्यो उही पहिरो अभागीको कर्म
दुखै दुखको भूमरीमा भुटिएको मान्छे

सदा दुःखी म त हजुर लुटिएको मान्छे
आफन्तको हातबाट नै कुटिएको मान्छे ।

chapagain_t@yahoo.com

4 thoughts on “दुखै दुखको भूमरीमा भुटिएको मान्छे”

  1. सुन्दर
    राम्रो लाग्यो बेस्करी।लक्की ताराजी धेरै धेरै धन्यबाद सुन्दर शब्दहरुका लागि..र तपाइलाईनै पैचो दिए मैले
    सदा दुःखी म त हजुर लुटिएको मान्छे
    आफन्तको हातबाट नै कुटिएको मान्छे ।
    वाह!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *