तिमीले मलाई घमण्डी भन
वा अहंकारी मान
सप्पैलाई एउटै तुलोमा
राखेर जोख्ने तिम्रो बानी
मलाई मन पर्दैन
केही तलवितल नहोस् भनेर लक्ष्मण
रेखा कोर्ने परिवार र थोरै
तलमाथि हुँदापनि औंला तेर्साउने
समाजमा जन्मी हुर्किएकी मान्छे म
म मभित्रको जंगली स्वभावलाई परिबर्तित
गर्न सक्तिनँ
जीवनको आँधा यात्रा पार गरिसकेसी
भर्खर मात्र हक र अधिकारको
कखरा घोक्दैछु यसलाई ज्ञसम्म
अध्ययन गरेर व्यवहारमा लागू
गराउञ्जेलसम्म
शायद म यो पृथ्वीदेखि
अर्कै लोकमा पुगिसकेकी हुनें छु
रपनि म आफुभित्र व्याप्त रहेको
अन्धकार हटाएर उज्यालो
भित्र्याउँन लागिपरेकी छु
गीता थापा (दोषी)

nice i like keep up
nice i like keep up