बुबा आमा बजार जाँदा खेरी गरौँला नि
तल माथि कोल्टे फेरी फेरी गरौँला नि
खै के गर्छन् कस्तो गर्छन् थाहा छन मलाई
तिमीले मलाई मैले तिमीलाई हेरी गरौँला नि
उठ्नुपर्छ, सुत्नुपर्छ खै के के गर्नुपर्छ
एक अर्कोलाई अँगालोमा बेरी गरौँला नि
उजेलीमा हुन्न अरे साँझ रात पार्नु भन्छन्
झ्याल ढोका थुनी, अँधेरी गरौँला नि
पर्ख पर्ख सोचेजस्तो मौका मिल्न देउ
उम्लिएको योवन तेरी – मेरी गरौँला नि
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
०६८-०९-०८
