चारैतिर तिम्रो चर्चा, बिक्छ तिम्रौ नाम यहाँ
बजार भाउ बुझ्दा आखिर, उन्कै महँगो दाम यहाँ ।
मासिक आए राम्रै रैछ उधारो को करबार बन्द
त्यति हुदा हुदै पनि तँछाड् मछाड् जाम यहाँ ।
तिन्को जिउले के पाउला खै एकछिन् बिश्राम गर्न पनि
ब्यापार चाहे जे जस्तो होस् राम्रो चाहिन्छ काम यहाँ ।
बेला मौका समयमा लाग्दो रै छ प्यास सबलाई
मेटाउन तिर्खा मनको खुलाकि छन धाम यहाँ ।
भरतपुर -१३, गजलकुन्ज
चितवन
