Skip to content

मुटु आफै जलेपछि

  • by


मुटु आफै जलेपछि,
मैले के नै गर्न सक्छु,
डँढेलो लागे झैँ
भित्रभित्रै आगो दन्केपछि ।

अब कति सहन नै सक्छु
पानी पनि नखोजेको होइन,
निभाउनलाई जताततै
सुख्खापन मात्र भेटाए,

न आगो निभाउन नै सकेँ
न त आफूलाई आगोको
रापबाट बचाउन नै सकेँ
जालिरहेँ,
हरपल हरबखत बस जलिरहेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *