Skip to content

नाता तोडी जानेलाई कहाँ रोक्न सकिन्छ र

  • by


नाता तोडी जानेलाई कहाँ रोक्न सकिन्छ र
मनमा माया छ कि छैन कसको जोख्न सकिन्छ र ।

मुखमा राम बगलीमा छुरा राखी ताक्नेलाई
आफ्नो सम्झी खुट्टा समाई कहाँ ढोक सकिन्छ र ।

अचेल यहाँ फाइदा हेरी माया गास्ने धेरै हुदा
मुख हेरी असल खराब कुन्लाई तोक्न सकिन्छ र ।

के जानौ र मैले उन्को पेशा यस्तो होला भन्ने
टाउको समाई बस्दा आखिर के रिस पोख्न सकिन्छ र ।

भरतपुर -१३,गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *