Skip to content

मन पराई अर्कैकी स्वास्नीतिर


मन पराई अर्कैकी स्वास्नीतिर दिन रात धाउँछौ !
आफ्नै स्वास्नी अर्कैले लगिदिँदा बल्ल थाहा पाउँछौ !

खुशी छौ रावण जस्तै अर्काकी स्वास्नी हरण गरी
तिम्रै लंका भष्म हुन्छ फेरि सोच केले घर छाउँछौ !

हाँस अहिले दुष्ट हो अरुको गृहस्थी उजाड पार्दै
जेलमा परी जिन्दगीभर पश्चातापको गीत गाउँछौ !

एकै सजाय हुन्छ अचेल नारी पुरुष दुबैलाई
घरको न घाटको भए कसलाई माया लाउँछौ !

आफ्नै स्वास्नीलाई प्रेम गर किन अन्तै धाउँछौ !
असल लोग्ने बनी हेर स्वर्ग आफ्नै घरमा पाउँछौ !

सजना गुरुङ

1 thought on “मन पराई अर्कैकी स्वास्नीतिर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *