विश्वभरमा युद्वलाई ठूलो बजेट जान्छ किन ?
सरकार नि गरिबीलाई तथानाम हान्छ किन ?
औषधी र वस्त्र छैन शिक्षा स्वास्थ्य परै भयो
गरिबको रोजी-रोटी सामन्तले लान्छ किन ?
दुई छाक खान अनि शित छेल्न छाप्रो माग्दा
नचाहेरै गरिबलाई युद्धतिरै तान्छ किन ?
पृथ्विको आधा धन युद्धमानै लागेको छ
युद्धबाट बुद्ध फिर्ने खोक्रो आश ठान्छ किन ?
मुकुन्दप्रसाद भट्टराई
बुटवल रुपन्देही
