(१) विचित्रको छ तिम्रो व्यवहार
थोपर्यौ दोष र खन्यायौ अत्याचार
बुझ्न कत्ति सकिन ए! महाशय
यो कस्तो हो तिम्रो पुरस्कार ।
(२) तिम्रो मन खै कस्तो कस्तो
हर कुरालाई ठान्छौ सस्तो
तिम्रो कुरा सुन्छु र मनमा गुन्छु
कसेर मुखमा हान्नु जस्तो ।
(३) मकै भटमास झै भुटिएकी छु
शिशा फुटेझै फुटिएकी छु
यो स्वार्थी संसारमा धेरै पटक
म आफ्नैबाट लुटिएकी छु ।
