जल्दै छ यो मुटु तिम्रो सम्झनामा देखाऊँ म को सामु ?
मेरो पीडा बुझ्ने तिमी टाढा भयो पोखाऊँ म को सामु ?
आफ्नै आँशु पनि शीत झैँ भयो अहिले, सुकेछ मूल पनि
पत्थर लाग्यो सारा तिम्रो साथ नहुँदा, सारो भो फूल पनि
जति टाढा हुनु तिमी मेरो आकाश, शिरमा जून राख है
तिम्रो निम्ति प्रिय रित्याई दिन्छु नस, चाहेमा खून माग है
जल्दै छ यो मुटु तिम्रो सम्झनामा, देखाऊँ म को सामु
मेरो पीडा बुझ्ने तिमी टाढा भयो, पोखाऊँ म को सामु
अरु फुल्छन झर्छन दुई दिनमै हेर, त्यसरी म कहाँ झर्छु
त्यति सस्तो होइन मेरो माया प्रिय, निश्चल म प्रेम गर्छु
अरु पनि होलान यसो भन्नेहरू, नजिक पार्नलाई
तिम्रो ओंठको मुस्कान मेरो चाह त्यही हो, नसोंच्नु मार्नलाई
जल्दै छ यो मुटु तिम्रो सम्झनामा देखाऊँ म को सामु
मेरो पीडा बुझ्ने तिमी टाढा भयो पोखाऊँ म को सामु
@-राजेश रुम्बा लामा “अतृप्त”
२०१२-०१-०४
