छ चिसो मौसम ताप तिम्रै
लुटिन्छु लुटुक्क काख तिम्रै
पगाल्ने शक्ति कि गले आँफै
अदृश्य अगेना राप तिम्रै
काँपेको शरीर काख पस्दा
मधुरम् उष्णता बाफ तिम्रै
सुताउ काखैमा लोरी ‘लै’लै’!
कोमल स्पर्श ती धाप तिम्रै
अभिष्ट बस्तुको प्राप्ति भो कि
आनन्दित थिचाइ चाप तिम्रै
