मेरो आफ्नो सीमानामा घाउ परेछ
मेरो आफ्नो छिमेकी त राहु परेछ
आफ्नो सीमाना धेरैजसो उसैसंग पर्ने
उसका भोका साँढेहरु मेरै बाली चोर्ने
आफ्नोभन्दा उभो पर्छ अग्लो पहरो
त्यहीँबाट बग्दै झर्ने काली छहरो
त्यही छहरो थुनीकन घट्ट हालेथें
घरमा पूजा गर्न भनी भट्ट पालेथें
कूलो किन हालिस भन्दै सधैँ झिक्छ निहु
मेरै घर भाड्न सधैँ रोपिदिन्छ बिउ
पूजा गर्ने भट्ट पनि कंश परेछ
मेरो घरको सम्पति त ध्वंश पारेछ
मेरो आफ्नो सीमानामा घाउ परेछ
मेरो आफ्नो छिमेकी त राहु परेछ ।
