“मेरो दुवै अन्डा फुट्दा” लघु कथा
बीर बहादुर नाताले मेरो ठुलो बाबाको छोरा हो,तर सँधै जाँड रक्सि र तास खेल्ने उहाँको बानि थियो |
अनि हामी जस्ता साना साना नानी बाबुलाई कहिले खुर्सानी,कहिले कुखराको अन्डा आ-आफ्नो घरबाट चोरेर ल्याउन लाउथें र कि पैसा दिन्थे कि त उसैको सानु पसलबाट चकलेट चुइगम दिने गर्थे |
एकदिन म आफ्नै घरबाट दुइटा कुखराको अन्डा चोरेर लाँदै थिएँ,दुवै अन्डालाई जांगेको (कट्टुको)खल्तीमा दुवै हातले ब…डो दरो संग च्याप्पेको थियो | आमाले जहिले पनि मलाई डर देखाउनु पर्यो भने पुलिसले लान्छ जेल हाल्छ भन्नु हुन्थ्यो म नि निक्कै डर मान्थें| त्यो दिन बीर दाइ कहाँ नपुग्दै बाटोमा ३ जना पुलिस् भेट भो म बडो डरले थर थर काम्दै थिएँ किन कि म एक चोर थिएँ | -” ए फुच्चे कहाँ हिंडेको? तँलाइ माऔबादी थाहा छ ? तँलाई बम,रकेट भन्ने थाहा छ? आदि प्रश्न गर्यो| म डरले गोजीको अन्डा झनै दरो गरि समाउदै घोसे मुन्टो लाउदै चुपचाप उभी रहें| त्यतिकैमा एकजना (शायद हल्दार होला) ले मेरो पुटुमा -“ओई किन बोल्दैनस” भन्दै एक लात हान्यो म घोप्टो परेर ढलें| अनि हातले च्यापेको दुवै अन्डा कच्याक कुच्युक फुटेको मैले अनुभब गरें र चिचाउना पुगेछु | फेरी ओई के भनिस? भनेर मोलाई पछाडी बाट तान्यो म पराल झैं उसको हातमा तन्किन पुगें तर मेरो मुखले फेरी भन्दै थिएँ ल मेरो दुवै अन्डा फुट्यो | बडो जोडले सबै पुलिस हाँस्यो र फेरी एक झापट गालामा दियो ..त्यति खेर एक जनाले देखेछ मेरो जंगे बाट फुटेको अन्डा तप्प तप्प खसेको भन्दै थियो “सर यसको त साँच्चै अन्डा फुटेछ………….
राजेश रुम्बा लामा “अतृप्त”

ATI RAMRO
ATI RAMRO