“लघु कथा” लेख्ने प्रयास -:उडुसको पाद्द गनाउदा……
म जहाँ गए पनि ल्याप्टोप ब्याग कहिल्यै छाड्नी थिएन र छाडिन्न पनि| किन कि म आफ्नो सानु नोट बुक र कलम संधै त्यसै ब्याकमा हालेर साथमा बोक्ने गर्छु | र त्यसरी ब्याग बोकेर हिड्न मलाई अनान्न्दा नि लाग्छ | किन कि कुनैबेला भिड भाडमा ओलेट,मोबाइल आदि त्यसै ब्यागमा हालेर बोक्दा अलि सुरक्षित झैं लाग्छ पनि| एकदिन म आफ्नो अपार्टमेन्ट छाडेर सांस्कृतिक गोष्टिमा भाग लिन जानु थियो उक्त गोष्टिमा विभिन्न झाँकीहरु पनि प्रस्तुत गर्ने कार्यक्रम थियो र आयोजक मित्रहरुको अनुरोधमा मैले पनि एउटा कविता वाचन गर्नु पर्ने थियो| मान्छेहरु निक्कै नै उपस्थिति थियौ | उदघोसक मित्रले मेरो नाम लिनु भो र म स्टेजमा गएँ अनि आफ्नु रचना वाचन गरें..
निक्कै तालीको पर्ररारा सुन्यें| म आफ्नो पहिलेको स्थानमा आएर पूर्ण:बसें जहाँ मेरो ल्याप्टोप ब्याग मात्रै नभएर निक्कै राम्री राम्री नानी मैयाँहरु पनि बोलाउल झैं गरि मेरो मुखमा पालक पिलिक हेर्दै मेरा सिट नजिकै लाइनले बसेका थिइन् | मैले आफ्नो सिटको आफ्नो ब्याग उचालेर काखमा राख्न मात्रै के खोजेका थिएँ…..ए आमा हौ.!!!..निक्कै ठुला एक जोडी उडुस पो निक्कै माया पिरती लाउँदै रहेछन त्यो पनि सबैले देख्ने ठाउँमा | म हतना पत्त अरुले देख्ला झैं गरि बाथरुम तिर छेरें..अनि दुवै उडुसलाइ यौटै हातको दुइ औंलाले च्याप समातें.|.किचिक्क पारेर मार्न नि माया लाग्यो.किन कि आफै संग अपार्टमेन्ट बाट गएका थियौं| त्यसैले उडुस हुने हातलाई मुखै निर राखेर फ़ूऊऊऊउ…फुकेर फाल्न मात्र के खोजे थिएँ..शायद डराएछन क्या रे दुबैले ठाडो चाक्लाएर ठुस ठुस पाद्यौ | सुन्न त सुनेन तर अचाकाली गनायो र थुईईईका….गरेर थुकको छिट्ट संगै पठाई दिएँ | खै अरुलाई गनायो कि गनाएना मलाई त गोष्टि सकेर फर्किन्जेल सम्म गनौदै थियो उडुसको पाद ………
राजेश रुम्बा लामा “अतृप्त”
