Skip to content

ममा आगो बल्द खेरी


ममा आगो बल्द खेरी तिम्लाई न्यानो हुन्छ अरे
थोरै खुशी हुँदा मलाई तिम्रो मन रुन्छ अरे

बुज्नै गाह्रो केमा तिम्रो चित्त मैले बुझाइन
मेरो आँसु झरो भने तिम्रो मयल धुन्छ अरे

मेरो पीडा देखन मात्र खोज्छ्यौ अरे सधैं तिमी
रुदा मैले तिम्रो कानले खुशी मान्दै सुन्छ अरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *