पहिलो घामको पहिलो किरण,आँगनीमा झुल्न बाँकी छ ।
एउटा फुल झरे के भो,हजार फुल्न बाँकी छ ।
तिम्रो मेरो माया बिचमा,दैब एउटै साक्षी हुदाँ
बोल्यौं भने पाप तिमीले,आफैं जल्न बाँकी छ ।
स्मृति तिम्रो मेरो मनमा,छाप सरी बसी दिदाँ
बिसी अब सारा याद,पाइला चाल्न बाँकी छ ।
आँखा रसाउँदा परेली भिजाई,छल्कीएका यी आँसु बोकी
च्यातिएका मनका पाना भर्दै,हृदय नि टाल्न बाँकी छ ।
मलाई एक्लो बनाई आफैं अन्तै तिमी ढल्के पछि
मुटु दुखाई मैले नि अन्तै,मन ढाल्न बाँकी छ ।……. दपर्ण
