नगाँस तिमी प्रितको माला गलाको पासो बन्छ भने
नदेऊ साथ तिमीले मलाई सबैको चासो बन्छ भने
नभेट्नु तिमीले कहिल्यै मलाई सबैको चित्त दुख्छ भने
नबोल अब मसँग तिमी बोल्दैमा वात लाग्छ भने
नकुर्नु तिमीले म हिड्ने बाटो शंकाको नजरले हेर्छन भने
दुःखमा पनि नरुनु तिमी दुनियाँले हाँसोमा उडाउँछन भने
पराई सम्झी बिर्सिदेऊ मलाई गाँउलेको मन फाट्छ भने
सन्तोषको नाम नलिनु तिमीले रगतको नाता नै टुट्छ भने
