मलाई नि हजुरले नसोचे हुन्छ
प्रेमको लालमोहर नठोके हुन्छ ।
कति कतिलाई हेरेका ति आँखामा
लावालस्कर सपना नदेखे हुन्छ ।
म त आफ्नै अन्दाजमा बढेकी मान्छे
प्रशंसाको तराजुमा नजोखे हुन्छ ।
म त्यसरी हेर्नेछु जस्तो मैले देखे
तर आशाको बिरुवा नरोपे हुन्छ ।
मलाई हेरेर सागरसित दाज्नु
शङ्कालु भावना अब नबोके हुन्छ ।
सबिता दुलाल, दमक, झापा
