डाँडापाखा सुसाउने बतास छैन आज
सबैसँग रमाएको आकाश छैन आज
भाग्यकोर्ने वचनले झुटैझुटा कसमले
ममतामा कसैको बिश्वास छैन आज
कसैसँग मिठोबोल्नु एउटै भुल भएछ
उदास मनसधैंको उल्लाश छैन आज
एक्लोयात्रा गर्दागर्दै थाकिसकें अब त
कहिंकतै प्रेममयी आभास छैन आज
कतैबाटो कतैमाटो टोलाए फूल सम्झी
सुन्य छायो जगभर सुबाश छैन आज
मिति २०६८ माघ २५ गते, कुवैत
