Skip to content

पीडा र आसुँ अनि तिमीलाई प्रश्न


तिम्रो कहिल्यै मन दुखेको छ ?
पीडाले केही थोपा आसुँ झरेको छ ?

दुखेको छ भने किन दुख्यो ?
आसुँ झर्यो त किन झर्यो ?

कसैले तिमीलाई केही भन्दा मन दुख्यो होला
कसैले तिम्रो चित्त दुखाउदा आसुँ झर्यो होला
आफ्ना लागि त मन जस्को पनि दुखेकै छ
आफूलाई पीडा हुँदा आसुँ त सबैको झरेकै छ

कोही नांगो देख्दा तिम्रो मन कहिल्यै दुखेको छ ?
टुहुरो अनाथ बेसहरा देख्दा तिम्रो आसुँ झरेको छ ?
उपचार नपाई मर्न आटेको असहायेका लागि कहिल्यै हृदय पग्लेको छ ?
खान नपाई थुक निल्दै मागिरहेको भोकोका लागि आँखा छचल्केको छ ?

छैन भने भैगो फुर्ती नलाऊ
मेरो मन दुखेको छ भनी
मेरो त आसुँ झरेको छ भनी

आफ्ना लागि त सबैको मन दुखेकै छ
यहाँ आफ्ना लागि त आसुँ सबैको झरेकै छ

अर्काका लागि जब आसुँ झर्छ ,
चसक्क मन दुक्छ
त्यही नै हो वास्तवमा मन दु:खाइ
त्यही नै हो येथार्थमा आसुँ झराइ

हृदयमा हात राखी अब भन
के तिम्रो कहिल्यै मन दुखेको छ ?
पीडाले केही थोपा आसुँ झरेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *