माथि त सैलुङ लेकैमा साहिली, गुराँश फुल्दा बन राम्रो
मान्छे पो ढल्ले काले हौ म त, भित्र त छ नि मन राम्रो
नगरि दोमन दिएत त्यो ज्यान, गर्नेछु माया झन् राम्रो….
नगरि दोमन दिएत त्यो ज्यान, गर्नेछु माया झन् राम्रो…
लास्सो ।
धनको धनि नभए पनि, मनको धनि भाकै हो
हेर्दा पो सानु अल्लारे देख्छ्यौ, बैँश त मलाई, आकै हो
परेको माढ्छ मर्दले आँट्छ, तिमीलाई आँखा लाकै हो
परेको माढ्छ मर्दले आँट्छ, तिमीलाई आँखा लाकै हो….लास्सो ।
मनको मात्रै नसम्झ धनी, बाख्राले खोर भरेछ
मकै र धान नसकि टिप्न, त्यसै भुइँमा झरेछ
घाँस काटि ल्याउने नहुँदा कोहि, गोठमा भैँसि मरेछ…
घाँस काटी ल्याउने नहुँदा कोहि, गोठमा भैँसि मरेछ….लास्सो ।
त्यसैले तिमीलाई आँटेको साँहिली, बिचार गर बेलैमा
काखमा नानी खेलाउने बेला, के बस्छ्यौ मैतीको हेलैमा
भनेको माने हिँडौँला सँगै, लेक बेसी गर्दै मेलैमा…..लास्सो ।
राजेश रुम्बा लामा “अतृप्त”
