Skip to content

प्रकासोन्मुख उपन्यास ” डाएरी माथि झूण्डीएको तक्मा ” बाट सानो अंस

ए काठमाण्डू ! इतिहास तिम्रो मात्रै हो र ? तिमीले लेखेको मात्र हुन्छ र इतिहास ? कालिकोटको झुप्राहरुमा चिसो चुल्हो संगै एक गाँस ढीडो पुकारेर रोइरहेको हुन्छ इतिहास | एक ढिको नून नभेटेर मुगुको गाउँहरुमा अलिनो छ इतिहास, सप्तरीको छाप्रोहरूमा एउटा कम्बल खोज्दै चिसोले मरीरहेको हुन्छ इतिहास |
धमिलो बाग्मतीलाई संग्लो देख्ने काठमाण्डुले के सत्य देख्छ र लेख्छ ? खुला मंचको माइक बटुल्छ, रत्नपार्कमा २-४ जनाले भाँचेको तगारो बटुल्छ, सिंह दरबारमा अगाडी कहिले काही देखा पर्ने कालो झण्डाको तस्बिर खिचेर धरहराको टुप्पामा टाँसेर कथित इतिहास कोर्छ काठमाण्डु , स्वयम्भु निदाएको बेला लाजिम्पाटमा ठडिन्छ दरबार त्यसैले त्यो इतिहास लेख्दैन काठमाण्डु | गिट्टी संगै चोइटिएका औंलाहरुमा युग भोगिन्छ , त्यो काठमाण्डुको कथित इतिहास होइन | ढुंगाको रगत पखालिएला तर ढुंगा पखालिदैन, अनि त्यो ढुंगा पनि टुक्रिएला तर त्यो टुक्रिएको मन फेरी टुक्रीदैन, आँसु सुक्छ तर प्रतिसोध सुक्दैन, चिल्लो सडकमा पजेरोमा चढेर दौडिने कथित इतिहास त्यो इतिहास होइन , साचो इतिहास त काँढा बिझेका नांगा खुट्टाहरुले ढाकरमा बोकेर सताब्दी फड्को मारीरहेको हुन्छ, काठमाण्डुको इतिहासमा रगत दस लाखको मुल्यांकन हुन्छ, कथित शहिद भनाउदो अमूर्त मुर्ति बनाइन्छ तर आमाको बेदनामा रगत चित्कार हुन्छ शहिद होइन , आमाको आँसुले पृथिबी गल्छ, त्यो गलेको धर्ति नै इतिहास हुन्छ, जो भोगिन्छ त्यो नै इतिहास हुन्छ, काठमाण्डुले जे लेख्छ त्यो इतिहास होइन………

Leave a Reply

Your email address will not be published. Required fields are marked *