समाजभित्र लागेको दाग माझेर हिड्नु छ
हातमा हात काँधमा काँध राखेर हिड्नु छ
अगाडी बढ एक जुट भई नेपालका गहना
अन्याय र अत्याचारसँग बाँझेर हिड्नु छ
अभागी तिमी नबन कहिल्यै नखाऊ हरेस
क्रोधी दुष्टलाई खाडलभित्र खाँजेर हिड्नु छ
लेख लौ लेख साँचो लेखेर समाज सुधार
संसारभित्र भएका कुरा बाँडेर हिड्नु छ
आतंकी यहाँ धेरैछन् साथी अंगुली नदिनु
दुधको दुध पानीको पानी पारेर हिड्नु छ
-मनसुन
