Skip to content

सपना र मेरो देश


मैले खोजेका ती सपनाहरू
निथ्रुक्क भिजेका छन
आडम्बरी नायक उराठ लाग्दो अभिनयमा ब्यस्त छ
सुम्पनु बाध्यता हो बागडोर हातमा लिएर
राजको भाषण कति सुन्ने
फेरि रैती हुन चाहनेहरूको भीड बढ्दो छ
हे अभागी सन्तानहरू तिम्रा पुर्खा
नालापानी हैन कालापानी लड्न सक्दैन
जे हुन्छ शोक नगरको भाषा बोल्छन
हामी निर्धक्क देश बाँच्न चाहनेहरू
आफ्नै कर्ममा बिश्वास गर्नेहरू
कमारो बनाउन गजधम्म कुर्सीमा
अधमरो सपना कोरल्न भन्दै छ
देश हैन बिदेशको सपना देखाउछ
खै कति दिन हो यो उराठ लाग्दो चैत्र
नयाँ बन्ने आश बोकेर थालिएको यात्रा
यिनै कुपत्रहरूले कता बिसर्जन गर्नेहुन
सबैलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *