मैले भन्या मान्या भए, तिमीले पनि त्यति खेर
रुनु पर्ने थिएन सम्झी, पश्चातापमा यति खेर
पागल प्रेमी जस्तै थिएँ, भन्थ्यौ तिमी पनि त्यस्तै
दिल्लगी गरी हाँसोमा, उडाई गयौ त्यति खेर
हातै काटी भित्तामा रगत्ले, तिम्रै नाम लेख्दा पनि
पागल भनि तिमीले खिस्स, हाँसी टार्यौ त्यति खेर
हुन्छ–हुन्न केही पनि भनिनौ, दुबैजना दोधारैमा
आँट गरी हिम्मत जुटाई, हुन्छ ! भन्द्या भए त्यति खेर
जब कुरा मिल्यो हाम्रो, उता ! तिम्रो बिहे पक्का भयो
भागेरै अब जाउँन त भन्दा, बाउ–आमा भन्यौ त्यति खेर
आँट गरी हिम्मत जुटाई, भागौँ ! भन्द्या भए त्यति खेर
रुनु पर्ने थिएन सम्झी, पश्चातापमा यति खेर
पुस्कल पौडेल
