Skip to content

किन पिउँछ जिंदगी


किन अझै बहाना, खोज्दै पिउँछ जिंदगी ?
सायद मीठै तिर्सना, रोज्दै पिउँछ जिंदगी ॥

जादु थियो कसैको, पिर्ने मुटु कटक्कै ।
फेरि उन्कै जमाना, सोच्दै पिउँछ जिंदगी ॥

अमृत हैन पिएको, तल्वार धारे यात्रामा ।
लाने चट्टै र’वाना, खोस्दै पिउँछ जिँदगी ॥

कर्मै हो कि खडेरी, कोही भनिदिनुस है –
किन बाँझै चाहना, रोप्दै पिउँछ जिंदगी ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *