Skip to content

आँफै हामफाली जल्न सकिन !


तिमी हिड्ने बाटो मैले चिन्न सकिन ।
तिम्रो महँगो माया किन किन्न सकिन ।

फलको बोक्रा छुट्याउन छिल्लाए जस्तै गरि
तिमी बाट नियतिलाई तिम्रो छिल्न सकिन ।

अरुको नराम्रो गर्न नजान्ने भगवानले बनाए सोझो
तिम्रो स्वार्थी मायामा त्यसैले म कहिल्यै मिल्न सकिन ।

तिम्रो जालमा फसिन त्यसैले पिलाउन आयौं मलाई विष
झुटा कसम आश्वासन दियौ तिम्रो निम्ती निल्न सकिन ।

उराठ लाग्दो मरभुमि सरी यो संसार अनि घातीका निम्ति
दनदनी बलिरहेको आगो भित्र आँफै हाम फाली जल्न सकिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *