Skip to content

एउटा आयो र हेरेर गयो


एउटा आयो र हेरेर गयो
अर्को चैँ आयो र खेरेर गयो ।

शंका भो मलाई लुगा पो भएँ कि
लस्कर आयो र बेरेर गयो ।

त्यस्ले भनेछ- “मेरो रुप नै राम्रो !”
बैश नि आयो र घेरेर गयो ।

साथमा थियो बिद्रोह मसित
सान्त्वना आयो र टेरेर गयो ।

नारी शक्ति या खेलौना कसैकी
सवाल आयो र खेरेर गयो ।

सबिता दुलाल
दमक, झापा ।

1 thought on “एउटा आयो र हेरेर गयो”

  1. Wowoooo
    Nice lagyo malai tapaika mitha pankti haru padhera. tapaiko mind ma yestai mitha mitha sabdaka bhandar haru sadhai bhari rahun mero kamana.

Leave a Reply

Your email address will not be published. Required fields are marked *