गर्न थाले नाना भाँती, कुरा पराइले
हामी बिचै चलाइदियो, छुरा पराइले
आँखा बन्द गरी तिम्ले, अर्कै हात थामेपछि
लगाइदियो सिन्दुर अनि, चुरा पराइले
साथ छाड्यौ नारा जप्दै, हैसियत र सामर्थ्यका
कति खुशी दियो कुन्नि, सुरा पराइले
सपनामा महल तिम्रो, झुपडीले घात गर्यो
बनाइदियो तिम्रो जीवन, पुरा पराइले
गर्न थाले नाना भाँती, कुरा पराइले
लगाइदियो सिन्दुर अनि, चुरा पराइले
