रोशनीले बिदा दिदा, रात जिन्दगानी
मदिराको साहरा छ, क्या बात जिन्दगानी
बाच्नु पर्ने जिन्दगीले पालुवा फेर्ला कैले भनी
शिशिरमा ओइली झर्ने, पात जिन्दगानी
जताततै दुख मात्रै, बाच्ने बाटो नदेखेसि
भाँचिएका परिश्रमी, हात जिन्दगानी
सुन्दर अरे संसार यो, आँखा रम्न छाडेपछि
लास माथि सम्पत्तिको, खात जिन्दगानी
आँसु लुकाई हाँस्न खोज्दा, मुटु सत्रु बनेपछि
जति सह्यो उति दुख्ने, घात जिन्दगानी
