Skip to content

हर्ष, उमङ्ग उत्साह बोकेर आओस् है नयां बर्ष यो


हर्ष, उमङ्ग उत्साह बोकेर आओस् है नयाँ बर्ष यो
हत्या, हिंसा काटमार रोकेर आओस् है नयाँ बर्ष यो

सुख संबृद्धितर्फ मुलुक बढोस् नहोस् द्वन्द कतै
ब्यक्तिगत स्वार्थ र इर्श्या ठोकेर आओस है नयाँ बर्ष यो

गरिब दु:खी जनताको घरमा बलोस् चुलो सधैं
भोकमरी र अनिकाल पोखेर आओस् है नयाँ बर्ष यो

बिकृति र बिसङ्गति हटोस् स्वच्छ बनोस् राजनिति
इमान्दारी र नैतिकताको पाठ घोकेर आओस् है नयाँ बर्ष यो

बितेका चार बर्षहरू खेर गए त्यसै त्यसै
संबिधान बन्ने मिति तोकेर आओस है नयाँ बर्ष यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *