Skip to content

कति आफ्ना-कति पराई, भेटेँ धेरै साथीहरू

जोड्न गाह्रो हुँदो रैछ, च्यातिएका छातीहरू
कति आफ्ना – कति पराई, भेटेँ धेरै साथीहरू ।।

स्वार्थ हेरी-हेरीकन, मित्रताको नाता जोड्ने
स्वार्थ पुरा हुँदैगए, एक-एक गरी नाता तोड्ने ।।
ढल्छन् आखिर मानो बिना, भरिएका पाथीहरू
कति आफ्ना – कति पराई, भेटेँ धेरै साथीहरू ।।

प्रेम गर्नेहरू उस्तै, रुखमानी प्रेम खोप्ने
अघि हाँसे जस्तो गरी, पछि ढाडमा छुरा रोप्ने ।।
भेटे जती सबै निक्ले, धोकेबाज घातीहरू
कति आफ्ना – कति पराई भेटेँ धेरै साथीहरू ।।

जोड्न गाह्रो हुँदो रैछ, च्यातिएका छातीहरू
कति आफ्ना – कति पराई, भेटेँ धेरै साथीहरू ।।

पुस्कल पौडेल (—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *