(१)
तिम्रो लागि हजार सिंढी धाऊँला म पनि ।
पञ्चे बाजा लिई जन्ती आऊँला म पनि ।
देउरालीमा खा’को कसम नभुल्नु है तिमीले
लगन गाँठो कसी मायाँ लाऊँला म पनि ।
(२)
याद सधैं आई रह्यो तिमी पराई भएपछि ।
घिडघिडो मै रह्यो मायाँ तिमीले छोडी गएपछि ।
तिमीलाई सम्झी रुन्छु सधैँ हिक-हिक आउन होला,
प्रीत साट्ने मान्छे अब तिमीले अर्कै पाएपछि ।
(३)
जिन्दगीको लामो यात्रा खुसीसाथ काट्नु सानु ।
बिर्सी मेरो याद अब मायाँ अन्तै साट्नु सानु ।
मनदेखि दुवा दिई दुःख सारा मै लिऊँला
मायाँ जोड्ने नयाँ पुलमा डोरी अब बाट्नु सानु ।
दर्पण
