ढुक्क भए हुन्छ हजुर, तन जलेको छैन
हाँसो खुशी भित्रै छु म, मन जलेको छैन ।
हिजो अस्ती दु:ख पोखे,तन्मन् जल्यो भनी
सम्झ्यौ होला उजाड् तर, बन जलेको छैन ।
रेगिस्थानकै गल्ली पनि, कर्म भूमि हुँदा
जोड्दैछु म आना सुकी, धन जलेको छैन ।
सुस्त भयो भित्री ज्वाला, जिते जीवन मैले
हिजो भन्दा आज थोरै, झन् जलेको छैन ।
खुशी भएँ यती खुशी, किन भएँ सुन्छौ ?
गरी खाने पाखुरी र घन जलेको छैन
बुद्धि मोक्तान
ताप्लेजुङ्
दक्षिण कोरिया
