Skip to content

तिम्रो यादले तडपाउदा एक्लै बसी रुने गर्छु
एक्लो पनले सताउदा तिम्रै तस्बिर छुने गर्छु

तिमी गयौ क्षितिज पारि आउन्न कि मेरो याद
सपनीमा म त सधै तिमी संगै हुने गर्छु

कती रुनु छोडिजाने निष्ठुरीको यादमा अझै
आस्वासनको बाँध बाधी आँसुहरु थुन्ने गर्छु

टिलपिल भइ फुटीदिदा आश्वासनका बाँधहरु
तिम्रा सबै यादहरु आँसुले नै धुने गर्छु

बगे धेरै आँसु तिम्रो सकिन नि याद निखार्न
आज पनि तिम्रै बोलि गुन्जीएको सुन्ने गर्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *