सन्तोष तिमल्सिना –काभ्रे
नेपाली इतिहासको कठिन मोडहरुलाई पार गर्दै नेपालको सहकारी अभियानले एउटा स्वर्णयुगलाई छर्लङ्ग मार्दै ५५ औ बर्षमा पार गरी सकेको छ । इतिहासको यस कालखण्डमा सहकारी अभियानले अनेकांै आरोह अवरोहहरुलाई पार गर्दै समग्र देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागी एक महत्वपूर्ण भूमिका निवार्ह गदै गन्तव्यतर्फ उन्मुख हुन सफल भएको छ । नेपाली परिवेशमा सहकारीको इतिहासलाई नियालेर हेर्दा वि.स २०११ सालको भिषण वर्षा र बाढी पहिरोबाट उत्पन्न संकट मोचनका लागि चित्तवनका युवाहरुको सक्रियतामा वि.स २०१३ सालबाट सहकारी आन्दोलनको सुरुवात भएको पाईन्छ । वि.स २०१३ साल चैत्र २० गते चित्तवन बखानपुरका बखान बहादुर सिंह गुरुङ्गको संरुक्षणमा स्थापना भएको बखानपूर बचत ऋण समितिको स्थापनाबाट सुरु भएको सहकारी अभियानको जालो आज नेपाल अधिराज्य भर फैलिसकेको छ ।
सहकारीको माध्यमबाट नै समाजका विपन्न, अतिविपन्न वर्गका मानिसहरु लगायत किसान, मजदुर, ब्यावसायी, महिला वर्ग तथा समुदायलाई संगठित एवं एकत्रित गरी समाजमा छरीएर रहेका स–साना सिप र पूँजीहरुलाई संकलन गरी परिचालन गरेको छ । दिन प्रतिदिन नेपालमा सहकारी संस्थाका विकासका जराहरु शहरी क्षेत्रमा मात्र नभई ग्रामिण भेगका दुरदारासम्म फैलिन थालि सकेको छ । हालसम्म नेपाल भरीमा करीब २२ भन्दा बढी सहकारी संस्थाहरु स्थापना भई संचालनमा आएका छन । सहकारी क्षेत्रबाट करीब ५० हजार मानिसहरुले प्रत्यक्ष तथा ५ लाख भन्दा बढीले अप्रत्यक्ष रुपमा रोजगार पाएका छन भने नेपाल भरीका करिब २८ लाख भन्दा बढी मानिसहरु सहकारी संस्थाहरुमा आवद्ध भएका छन । करीब ३ अर्ब रुपैयाँ बराबरको कारोवार गर्न सफल भएको छ । राज्यको आर्थिक विकासमा समेत सहकारी अभियानले आफ्नो छुट्टै पहिचान बनाई सकेको छ । साथै राज्यको तीन खम्बे अर्थनीति अनतर्गत सहकारी संस्था पनि एक बलियो आधार स्तम्भ रुपमा राज्यद्वारा घोषणा भई सकेको छ । देशको अर्थतन्त्रमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अगाडी बढीरहेको छ । साथै सहकारी संस्थाहरुले राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आई रहेका छन । यस कारण देशको आर्थिक, सामाजिक,साँस्कृतिक र राजनैतिक रुपान्तरणका लागि देशको कुना काप्चासम्म विभिन्न बिषयका सहकारीहरु फस्टाउने क्रम द्रुत गतिमा अघि बढिरहेको छ । गरीबी, अशिक्षा र अन्धविश्वासबाट ग्रसित अधिकांश ग्रामिण समुदायका मानिसहरुमा सहकारी अभियानका माध्यमबाट परिवर्तनका रुप रेखाहरु कोरी दिएको पाईन्छ ।
संयुक्त राष्ट्र संघले सन् २०१२ लाई सहकारी बर्षको रपमा घोषणा गरेको छ । यो सहकारी अभियान र सहकारी कर्मीहरुका लागि सुनौलो अवसर पनि हो । अनतराष्ट्रिय सहकारी बर्षको लहर नेपालको सहकारी आन्दोलनमा पनि भित्रिउको छ । सहकारी बर्षको अवसर पारेर नेपालका साना देखी ठूला सहकारी संस्थाहरुले एउटा नयाँ कार्यक्रम सहित सहकारी बर्ष मनाउने तयारी गरिरहेका छन । सहकारी संस्थाहरुले युवा सदस्यहरुको अवस्था, आवश्यकता र चुनौतीलाई स्पष्टरुपमा सम्बोधन गरी युवाहरुको सिप, क्षमता र दक्षतालाई सहकारी अभियानको माध्यमबाट सही ठाँउमा उपयोग गर्नु जरुरी छ । आम युवा वर्गहरु विभेद रहित, राजनीति रहित, स्वच्छ सहकारी संस्थाहरु ब्यवस्थित रुपमा संचालन गरी निः श्वार्थ रुपमा सहकारी अभियानमा लाग्ने हो भने पक्कै पनि ग्रामिण समुदायका विपन्न वर्गसम्म सहकारी अभियान पु¥याउन सकिन्छ । सहकारी अभियानबाट युवा वर्गलाई स्वरोजगार बनाउन सकियो भने नेपाली युवा श्रम, सिप र क्षमतालाई स्वदेशमै खर्चिन सकियो भने देशको आर्थिक विकासमा सहयोग पेग्नेमा कुनै द्वविधा छैन । यसर्थ सहकारी संस्थाहरुले युवा जोस, युवा जाँगर र युवा शक्तिको परिचालन गरी सहकारी संस्थाहरुले गाँऊ गाँऊमा स्थानीय स्तरमा पुगी विपन्न र गरीबहरुको माझमा जविनोपयोगी सिप सिकाएर उनीहरलाई व्यावसायिकरण रुपमा स्वरोजगारको सिर्जना गरी देशको अर्थतन्त्रमा सहयोग पुर्याउन सकिन्छ ।
सहकारी अभियानकै माध्यमबाट साँच्चै नै देशको आर्थिक, सामाजिक तथा राजनैतिक रुपानतरण गर्ने हो भने शहरी क्षेत्रमा केन्द्रित हुँदै गएको सहकारी आन्दोलन देशको कुना कनदरासम्म पुग्नु जरुरत छ । अनि सहकारी बर्ष मनाउनका लागि देखावटी रुपमा मात्र नभई सहकारी संस्थाहरुले सदस्यहरु हितमा दिर्घकालिन कार्यक्रम सहित गाँऊ गाँऊ पुग्नु पर्दछ । प्रत्येक नेपालीको मन, मुटु र मस्तिष्कमा सहकारी अभियानको ज्ञान हुनु जरुरत छ । सुन्दर शान्त नेपाली परिवेशमा आम सहकारीकर्मी, सहकारीप्रमी सदस्यहरु नविन जोस, जाँगर, शैली र सिपको प्रयोग गरी सहकारी अभियानको उन्नती र प्रगतिका अनेकौ गोरेटोहरुको सिर्जना गर्नु पर्दछ । अनि देशको परिवर्तन र विकास लागि जस्तो समस्या, संकट, भोृकमारी , गरीबी र अन्याय र अत्याचारको विरुद्ध लड्दै सहकारी अभियानबाटै समुन्नत र न्याययुक्त राष्ट्र निर्माण्का लागि विभिन्न स्वरुपमा सहकारी संस्थाको स्थापना गरी विविध आर्थिक तथा सामाजिक कार्यहरु गदै अघि पढ्नु पर्दछ । जसका निम्ति सहकारी अभियान सबैको मुटुको ढुकढुकी बन्नु पर्दछ ।
पबखचभष्।िकबलतयकज२थबजयय।अयm
