पहिलो जस्तो हुन्न रैछ
ला’को माया दोस्रो कहिले,
काडाँ बनी बिझी रहने
पहिलो माया मनमा जहिले ।।१।।
सोच्ने गर्थे खारिएँ मायामा
छानी माया लाउन सक्छु
उनले छोडे के भयो र
उनी भन्दा नि राम्री पाऊँछु ।।२।।
मनको माया भए जति
दिई सकेछु उनलाई पहिले,
खड्कने भो अब मलाई
उनको माया मनमा जहिले ।।३।।
तपतप्ती खस्दा आँखाबाट आँसु
हत्केला अगाडी ल्याई दिन्थे,
गायत्रीमन्त्र जप्नु भन्दा पहिले
विहान उनकै नाम लिन्थे ।।४।।
जतिसुकै माया गरेनी के भो
मनमा सघैं सजाईन्न् कहिले,
दियो बाली मेरा लागि
मन्दिरमा हात जोडिनन् जहिले ।।५।।
गालापारा रैछिन आखिर उनी
कहिले मायाको जस लाइनन्
झुटै बरु किन नहोस
देउराली भा’की कसम खाइनन् ।।६।।
दिन रात साँझ विहान
माया सम्झी रुदैछु अहिले
उनको याद भुलाउनलाई म नि
थोरै थोरै पिउँदै छु जहिले ।।७।।
पहिलो जस्तो हुन्न रैछ
ला’को माया दोस्रो कहिले,
काडाँ बनी बिझी रहने
पहिलो माया मनमा जहिले ।… दर्पण
