देश हाम्रो एउटै हो हिमाल होस् या पहाड तराई
हामी सबै नेपाली हौं कोही छैन यहाँ पराइ
थरि थरि जात जाति छन् थरि थरि भेषभुषा
रगत हाम्रो एउटै हो गुरुङ हुन् या थारु, दराई
खल्बलिनु हुन्न यहाँ जातिय सद्भाव कसै गरी
सबै मिलि बस्नुपर्छ जहाँ होस बसाइँ सराइ
शान्ति सद्भाव कायम राखौ मेटाऊँ द्वन्द आजैदेखि
संबृद्धि तर्फ अघि बढौं नयाँ नेपाल निर्माण गराई
झुक्न नदिऊँ झन्डा हाम्रो थोपा रगत रहेसम्म
एकताको संदेश पुर्याऊँ नेपाली माझ सबैलाई
