प्राण भन्दा प्यारो मेरो जन्मभूमी नेपाल ।
दुःख गरी आर्जेका पुर्खाले कर्मभूमी नेपाल ।
सार्वभौम र अखण्डता उदारण बनी रहोस्
मठ मन्दिर देवी देउता पुन्यभूमी नेपाल ।
सयौं थरी जातजाति बोक्छन आफ्नैं पहिचान
बलि रहोस् हैं शान्तिदिप स्वर्गभूमी नेपाल ।
हावा पानी देशको मिठो गर्दा सधैं लेकबेशी
बेजोड छ मानचित्र देशको शान्तिभूमी नेपाल ।
दाग छैन कहीं यहाँ न त कसैको हस्तक्षेप
पूज्छु सधैं आफ्नैं देश मातृभूमी नेपाल । …….दर्पण
