Skip to content

जिन्दगीमा धेरै भूल गरियो मन्जरी


जिन्दगीमा धेरै भूल गरियो मन्जरी
उम्रिएला भन्दै नून छरियो मन्जरी !

जतिसुकै हिंडे पनि भिरकुनाको बाटो
उँभो पुग्छु भन्दा उँधै झरियो मन्जरी!

हिउँचुलीमा हिउँ खाने तमांगको सेलो
गाउँदै मुटु भित्र मायाँ भरियो मन्जरी !

पानी हालूं भने पनि यो सुख्खा धर्तीमा
सबैले बार्ने तल्लो जात परियो मन्जरी !

जानै पर्यो कालापहाड आँसु झारेर
पर्खी बसे आँधिखोला तरियो मन्जरी !

2 thoughts on “जिन्दगीमा धेरै भूल गरियो मन्जरी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *