Skip to content

देश जलाएर खरानीमा रमाउन खोज्नेहरू खबरदार


देश जलाएर खरानीमा रमाउन खोज्नेहरू खबरदार
मुलुकलाई पुन गृहयुद्धमा फर्काउन खोज्नेहरू खबरदार

आन्दोलनको नासो संबिधानसभा रातारात ढलाएर
जनतालाई प्रतिगमन थमाउन खोज्नेहरू खबरदार

सहिदको रगत धर्तिमा ओभाउन नपाउदै
फेरि बन्दुकको नाल समाउन खोज्नेहरू खबरदार

न छोड्यौ कुनै दिन तलब न छोड्यौ भत्ता
संबिधान लत्त्याएर केबल कमाउन खोज्नेहरू खबरदार

जनता पछि हट्ने छैनन बलिदान दिनु परे पनि
पहिचानसहितको आन्दोलन दबाउन खोज्नेहरू खबरदार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *