Skip to content

थाहै भएन मायामा मेरो, हार भयो कि जीत भयो

तिमीले मैले रचेको रचना, आज आई सिङ्गो गीत भयो
थाहै भएन मायामा मेरो, हार भयो कि जीत भयो ।

जस्ले सुन्नेछ हाम्रो मायाको, सफल असफताको कथा
त्यस्ले बुझ्नेछ साचो माया, त्यस्ले बुझ्नेछ मायाको ब्यथा ।।
मनमा बसाल्यो कसैलाई यदि, त्यहीनै माया र प्रीत भयो
थाहै भएन मायामा मेरो, हार भयो कि जीत भयो ।।

निश्चल चोखो हाम्रो माया, साँचो र बास्तविक थियो
बिचैमा ठुलो हुरी आई, मबाट मेरो माया उडाई दियो ।।
जन्मे पछि मर्नु पर्ने सबैले, यही नै संसारको रीत भयो
थाहै भएन मायामा मेरो, हार भयो कि जीत भयो ।।

तिमीले मैले रचेको रचना, आज आई सिङ्गो गीत भयो
थाहै भएन मायामा मेरो, हार भयो कि जीत भयो ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *