Skip to content


काउन्टडाउनलगत्तै
आकाशको राजकीय सत्ता छेड्दै उडेथ्यो ऊ
नटेकेको ग्रहतर्फ
ल्यापटपभरि थिए मिसन
पानी खोज्ने
खेती लहलहाउने
सहर बसाल्ने
छि ! हप्तावारी असुल्न
त्यो वैध सम्भावनाविरुद्ध
अन्तरिक्ष राजमार्गमा अवैध ढाट तेर्साएको कसले ?

तातैतातै गर्दै
उत्तरआधुनिक बुद्ध
सप्रिँदै थियो मायादेवीको ग्वालीमा
उसलाई कुनै पत्रकारझैँ
चिप्लाएर छ्वालीमा चुटियो
गल्यो कानुनको नौ नाडी
पत्रकार क्लबमा सर्दारले उल्टै धम्की गजल गाएदेखि
थलिएको उसको कलेजो
अस्पतालको आईसीयूमा थप थलियो ।

ताज्जुबको तिम्रो काउकुती !
फ्रिडमटावरको ‘फ्रिडम’ लोलाउनुुपर्ने
गान्धीको ‘नूर’ गिराउनुपर्ने
दुनियाँविरुद्ध रेड कर्नर नोटिस जारी गर्नैपर्ने
र, यो जग हँसाउनैपर्ने ।

नेपाल साप्ताहिक अंक ४७१

Leave a Reply

Your email address will not be published. Required fields are marked *