Skip to content


रहेन विश्व गोल भयो झोल अब
खुल्यो सब सबैको यहाँ पोल लौ अब
सस्तै छ सस्ता नेताका बोल लौ अब
रह्यो कसको आचरण अनमोल लौ अब !

सब बोकी हिँड्छन् खालि नोल लौ अब
राज-नीतिको कत्ति छैन मोल लौ अब
सबको पुगिसकेको छ रोल लौ अब
एक्लै बजाउँछ कसले ढोल लौ अब ?

कस्तो थियो नेपाल ! भयो यस्तो आज !!
यहाँ बन्छ फगत विषको घोल लौ अब
कालै मन छ बुद्धि, ज्ञान पनि छ कालै
गर्छन् कुरा पनि केवल गोल लौ अब !

मानवको छैन राज्य दानवको छ
सम्पूर्ण स्थिति छ डामाडोल लौ अब
मेलमिलाप छैन आपसमा कसैको
गन्धपुर छ गाउँ, सहर, टोल लौ अब !

राष्ट्रिय उद्देश्य, चिन्तन र हितबिना
बजेट पनि बन्छ कठै ! सगोल लौ अब
देशको हितमा लाग्ने ख्वै ? को रहे ?
घुमाउँछन् आफ्नै सब कोल लौ अब !

जमाना लुट, हत्या, बलात्कारको छ
‘खुश्बूराज शाही’ मुख नखोल लौ अब !

नेपाल साप्ताहिक अंक ४७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *