मानवले आफ्नो जीवनको प्रादुर्भावको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्धासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गर्नुपर्छ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटसम्म पुग्छ । मृत मानिसलाई ‘राम नाम सत्य’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो । प्रकृतिको कणकणमा सङ्गीत लुकेको हुन्छ । सङ्गीतको मुटु स्वर हो । स्वर आत्माको नाद हो भने आत्मा परमात्माको स्वरूप हो । आत्माको सम्बन्ध परमात्मा भएझैँ स्वरको सम्बन्ध आत्मासँग भएको मानिन्छ । यसलाई नादब्रह्म भनिन्छ । सामान्यतः गाउन, रुन त सबैलाई आउँछ तर जसले विवेक, अभ्यास र तपस्याको बलले स्वर र तालमाथि विजय प्राप्त गर्दछ, त्यसले समाजमा अलग्गै किसिमको आदर–सत्कार पाउँछ । लुगा धुँदा होस् या घाँस काट्दा होस् या गोठालो गर्दा नै किन नहोस्, हामी गीत गुनगुनाउँछौँ । त्यसबेला शारीरिक थकानलाई भुसुक्कै भुलेर अपार आनन्दको अनुभूति गरिरहेका हुन्छौँ । यसबाट गीत–सङ्गीतको शक्ति र सामथ्र्यलाई पर्गेल्न सकिन्छ । सङ्गीत भन्नासाथ वाद्यवादन, गायन र नृत्य आउँछ ।
१. वाद्यवादन– रेटेर, फुकेर वा ठोकेर बजाई सङ्गीतको सरस तथा मनोरञ्जक स्वर, ताल आदि निकाल्ने सामग्री वा बाजा आदिलाई वाद्ययन्त्र भनिन्छ भने बाजा बजाउने काम वाद्यवादन हो । सप्तरीका साङ्गीतिक क्षेत्रका कलाकारहरूको हकमा वाद्यवादनलाई मूलरूपमा दुई वर्गमा राखी चर्चा गर्दा श्रेष्यकर हुन जान्छ ।
(क) ताल–वाद्य– यो लय प्रधान वाद्य हो जसले सङ्गीतमा लय कायम गर्छ । यसलाई अबनद्ध वाद्य पनि भनिन्छ । यस अन्तर्गत छालाले मोडिएका वा बनेका सम्पूर्ण वाद्ययन्त्रहरू आउँछन् । जस्तै– तबला, मृदङ्ग, डमरु, ढोल, नाल, मादल, ट्याम्के, दमाहा, पखावज आदि । सप्तरी जिल्लाको परिप्रेक्ष्यमा मलेठका सत्यदेव यादव, डाढाका कुमार बब्लु, खर्सालका उपेन्द्र यादव, सकरपुराका चन्देश्वर सिंह, रायपुरका भिखो ईशर, महदेवाका धनेश्वर मण्डल, राजविराजका रामकुमार चौधरी, वीरेन्द्र बजारका गोपाल चौधरी, जोगनियाका देवनारायण मण्डल, बसानपट्टीका वीरेन्द्र सप्तरीया आदि कलाप्रतिभाहरू ताल–वाद्यको क्षेत्रमा विशिष्टता आर्जन गरेका शिखर प्रतिभा हुन् । महुकीका वीरेन्द्र चौधरी, बरमझियाका दीपक गौस्वामी, डाढाका महेन्द्र मण्डल ‘मडर’, मलेखपुरका शालिग्राम मण्डल, राजविराजका महेश राई, भारदहका नारायण सरदार, मोहनपुरका कमल चौधरी, परसबनीका दुखन चौधरी, राजद्वीप सिंह, नवनगरका सञ्जिव यादव आदिसमेत यस क्षेत्रमा क्रियाशील तथा ख्याति आर्जन गरिरहेका प्रतिभाहरू हुन् ।
(ख) सुर–वाद्य– यस अन्तर्गत तत्, सुषिर, घन गरी तीन वाद्य आउँछन् । छालाले मोडिएका वा बनेका वाद्ययन्त्रहरू बाहेकका तार, रेशम, ताँत आदिको आन्दोलनबाट, फुकेर वा वायुबाट, काठ वा त्यस्तै वस्तुको ठोकाइबाट स्वर उत्पति हुने वाद्यलाई सुर वाद्य भनिन्छ । जस्तै– सारङ्गी, सन्तुर, सरोद, हारमोनियम, बाँसुरी, सहनाई, माउथ आर्गन, कलारियोनेट, झ्याली, कठताल, जल तरङ्ग, काण्ठ तरङ्ग आदि । यी सबै स्वर प्रधान हुन्छन् । सप्तरीको पृष्ठभूमिमा बसानपट्टीका शैलेन्द्र विश्वकर्मा, कल्याणपुरका मायानन्द विश्वकर्मा, राजविराजका राजेश्वरप्रसाद साह, विसनपुरका अशोक राम, बरमझियाका सुरेश राम, वीरेन्द्र बजारका रामकुमार मण्डलजस्ता प्रतिभाहरूले जिल्लाको सुर–वाद्य फाँटको नेतृत्व लिइरहेका छन् ।
२. गीत– राग, तालबद्ध शब्दहरूको मनमोहक सिर्जना नै गीत हो । गीतलाई रागसँग मिल्ने र स्वरको प्रधानता हुने शास्त्रीय गीत र स्वर, तालमा गाइने तर शब्दहरूको प्रधानता हुने साहित्यिक गीत गरी विभाजन गरिएको पाइन्छ । सामान्यतः शास्त्रीय (छन्दोबद्ध) कविता, गजल, गीत, मुक्तक आदि जसलाई कम्तिमा स्वर, तालमा गाउन सकिन्छ ती सबै गीत अन्तर्गत नै आउँछन् ।
(क) गीत गायन क्षेत्रमा– सप्तरीमा तिलाठीका सुधानन्द झा, सकरपुराका गोपाल झा, भारदहका उदितनारायण झा, वीरेन्द्र झा, उदय झा, मोहनपुरका महिनारायण मण्डल, राजविराजकी विद्या मिश्रा, कोइलाडीका देवेन्द्र सोनी, तोपाका कैलाश झा आदि प्रतिभाहरू गीतगायनको क्षेत्रमा विशिष्टता आर्जन गरेका शिखर प्रतिभा हुन् । त्यस्तै राजविराजका वसन्त स्वर्णकार, प्रभा ठाकुर, सुनिता साह, रञ्जु साह, खुरहुरियाका सन्तोषकुमार यादव, डा. शिवशंकर यादव, अञ्जु यादव, परसबनीका ओमप्रकाश चौधरी, भीमपुरका कृष्णदेव साह, देउरीभरुवाका अरविन्द यादव, खुरचुइयाका रामदेव चौधरी, बोरियाकी प्रिया देव, मझौराका शिवशंकर यादव, किसन सरदार, सकरपुराका सोनु खङ्ग, गोरगामाकी सर्मिला मुखिया, महदेवाका सुजित राउत, श्रीपुरका चन्द्रकिशोर चौधरी, बसानपट्टीकी चम्पा विश्वकर्मा, रूपनगरका सगुन सङ्ग्रौला, घोघिदाहाका विजय चौधरी आदिले समेत विभिन्न एलबम र फिल्महरूमा गीत गाइसकेका र नाम कमाइरहेका प्रतिभा हुन् । त्यसै गरी डाढाका कुमार बब्लु, लोखरमका दिलिपकुमार झा, तिलाठीका राघव झा, गोविन्दपुरका स्व. चुनचुन झा, पडरियाका सुधिर झा, रत्नेश्वर झा, विषनपुरका मोति राम, राजविराजका राजु देव, विद्यानन्द चौधरी, परसवनीका अन्जनी चौधरी आदि सानै उमेरदेखि गायन क्षेत्रमा सक्रिय रहँदै ख्याति कमाइसकेका प्रखर प्रतिभाहरू हुन् ।
(ख) गीत लेखन क्षेत्रमा– तिलाठीका सुधानन्द झा, वीरपुरका देवेन्द्र मिश्र, धनराज कम्पनीका स्व. बुधुरलाल जोकर, दुर्गीलाल विश्वकर्मा, विन्दीलाल विश्वकर्मा, सकरपुराका भूषण सिंह ‘भवर’, मलेखपुरका महेन्द्र मण्डल ‘वनवारी’, शम्भुश्री, बनौलीका देवकरण माझी, खुरहुरियाका डा. शिवशंकर यादव, श्यामसुन्दर यादव, कविलासाका रवेन्द्र मडर ‘रवि’, राजविराजका मीना ठाकुर, विद्या मिश्रा ‘भारती’, स्वतन्त्र विकास, गजेन्द्र माझी, ब्रह्मपुर मा.वि.का शिक्षक सागर वीर कडारी, खुरचुहियाका रामदेव चौधरी ‘अजनबी’, अशोक झा ‘सन्तोष’, महदेवाका सुजितकुमार राउत, हनुमान माझी, घोघिदाहाका घुरन चौधरी, मनोज तिवारी, पवन सायवाल, मुक्तार आलम आदिद्वारा लेखिएका गीतहरू विभिन्न गीति एलबम र फिल्महरूमा गाइएका छन् । त्यसै गरी राजविराजकी मञ्जु श्रेष्ठ, साधना झा, बच्ची मिश्रा, करुणा झा, पार्वती राउत, कमला भंसाली, विवेकानन्द झा, बनैनियाका आनन्द झा ‘अग्निहोत्री टुहुरे’, मौवाका आयुषी झा, कमलेश झा, रूपनगरका भोजराज रेग्मी ‘मार्शेली’, लक्ष्मी रिजाल, भक्ति लामिछाने, कृष्ण तिमिल्सिना, कविलासाका अरविन्दकुमार यादव, नन्दलाल आचार्य आदिले गीत, गजल लेखनमा विशेष सक्रियता देखाउँदै आएका छन् ।
३. नृत्य
राजविराजका विद्या मिश्रा ‘भारती’, डोली सरकार, दुर्गा थापा, लक्ष्मी थापा, स्वतन्त्र विकास, तुलसी चौधरी, सञ्जय कार्की, कोमल साह, गुड्डु थापा, खुस्बु मल्लिक, कृति ढकाल, पार्थो सरकार, गौर्राहाकी ऋषिका चौधरी, पातोकी सनम भगत थरूनी, महदेवाका दिलेन्द्र माझी जस्ता नृत्य प्रतिभाहरूले विभिन्न एलवम, नाटक, सिरियल र सिनेमाहरूमा आ–आफ्नो अभिनयात्मक क्षमता प्रदर्शन गराइसकेका छन् । काजुरी विश्वास, अंकिता विश्वास, सन्जु साह, अञ्जु शर्मा, निधि देवजस्ता दर्जनौँ नव प्रतिभाहरूले सप्तरी जिल्लाको साङ्गीतिक फाँट हरिलो र भरिलो पार्दै आएका छन् ।
सप्तरीको सङ्गीत क्षेत्रका अन्य उपलब्धीहरू
(क) क्यासेट, सिनेमा र सिरियल निर्देशक, निर्माता– रामविलास साह, रामअधिन साह ‘सन्तोषी’, सूर्यनारायण साह, ललन राय, रामदेव चौधरी ‘अजनवी’, धनश्याम रौनियार, तोकिर आलम, अखिलेश सिंह, रामनारायण साह, गोपाल चौधरी, आर.के. ठाकुर, विनोदकुमार मण्डल, धमेन्द्र चौधरी, मणिलाल माझी, स्वतन्त्र विकास, निराजन मेहेता, मुरारी पोखरेल, कुन्दनकुमार पप्पु, सूर्यनारायण साह ‘बैजु’, शत्रुघनप्रसाद चौधरी, त्रिभुवन चौधरी, सुजितकुमार चौधरी, महेन्द्र धर्मात्मा, अमितकुमार देव, अजित आर्या आदि क्यासेट, सिनेमा र सिरियल निर्देशक, निर्माताका रूपमा चिनिएका व्यक्तित्वहरू हुन् ।
(ख) अभिनय क्षेत्रका कलाकार– महेन्द्र मण्डल ’वनवारी’, मुरली झा, प्रेम बि.क., मनिषा बि.क., सुजितकुमार, प्रमोदकुमार, विकास श्रेष्ठ, जितेन्द्र बि.क., चम्पादेवी, महेन्द्कुमार बि.क., जिवछ दास, उमेश शर्मा, रामदेव खङ्ग, राजेश राज, निलम कर्ण, जीवस दास, पशुपति दास, करुणा झा, साधना झा, पंकज सरकार, महेश महतो, वीरेन्द्र झा, कालु श्रेष्ठ, राजु पोखरेल, सम्झना पोखरेल, सपना पोखरेल, भुपेन्द्र मण्डल, भजन मण्डल, अमरकिशोर मुखिया, बालकृष्ण चौधरी, अञ्जु थापा, सुभद्रा पोखरेलजस्ता कलाकारहरूले नाटक, सिरियल र सिनेमाहरूमा आ–आफ्नो अभिनयात्मक क्षमता प्रदर्शन गराइसकेका छन् ।
(ग) सङ्गीतकार– सप्तरीको साङ्गीतिक क्षेत्रमा शैलेन्द्र विश्वकर्मा, विद्या मिश्रा, कमल मण्डल, रामदेव चौधरी ‘अजनवी’, सुजितकुमार राउत, वालकृष्ण चौधरी, प्रेम प्यासी आदिले सङ्गीतकारका रूपमा समेत ख्याति कमाएका छन् ।
(घ) (अ) एलबम,
(१) कमाल तोहोर ओढनी (२०५७), (२) पूर्णिमाके चाँद (२०६३), (३) गोरकी विहारवाली, (४) प्रितक इजोरिया (२०६५), (५) प्रेमके डोर (२०६६), (६) प्रेम भ’ गेल, (७) तोहर यादमे, (८) सप्तरीके परी, (९) प्यारके पक्षी (२०६४), (१०) मिथिलाधाम (भजन), (११) ममता (भजन), (१२) गणिनाथ (भजन, २०६६), (१३) वेबफा भ’गेलौ, (१४) पहिलो प्रेम, (१५) फेसनवाली छौंडी आदि विभिन्न एलवमहरू सप्तरी जिल्लाका कलाकारहरूले निर्माण गरेका छन् ।
(आ) सिनेमा, टेलिसिरियल
(१) सँगै जिबै सँगै मरबै (मैथिली भाषाको सिनेमा), (२) मिथिला हमर गाम (२०६५), (३) धपर चोन्हा (मैथिली सिनेमा), (४) हम दिवाना हैं तोहार (भोजपुरी सिनेमा), (५) बद्ला, (६) माँ क ममता, (७) सिंही–मुङ्ग्री (मैथिली टेलिसिरियल) (८) दिलके टुक्रा (थारू भाषा फिल्म) (९) हमर मनके रानी (थारू भाषाको फिल्म) (१०) नदिया के पार सैंया हमार (११) साली आदी घरवाली, (१२) धोकेवाज प्रेमीजस्ता सिरियल र सिनेमाहरू सप्तरी जिल्लाका कलाकारहरूले निर्माण गरेका छन् ।
(ङ) सङ्गीत क्षेत्रका संस्था तथा सङ्गीतालयहरू–
(१) सप्तरी कलाकुञ्ज, राजविराज (२) राजदेवी सङ्गीत कलाकुञ्ज, राजविराज (२०५८), (३) बजरङ्गवली भजन सन्ध्या, राजविराज (२०५६), (४) उदितनारायण मिथिला सङ्गीत कला केन्द्र, भारदह, (५) नेपाल सङ्गीत प्रतिष्ठान, राजविराज, (६) संगम कलाकेन्द्र, (७) बालाजी भजन सन्ध्या, राजविराज, (८) संगम कला केन्द्र, राजविराज लगायतका दर्जनौं सङ्गीतालयहरू र सयौं भजन मण्डलीहरू छन् । वि.सं. २०१८ सालमा मलेठमा स्व. अवनारायण मेहेताको नेतृत्वमा भजन मण्डली सक्रिय थियो । त्यसभन्दा अघिदेखि नै भजन मण्डलीहरू क्रियाशील रहेको पाइन्छ । हनुमाननगरमा चक्रपाणि कीर्तन मण्डली, दिघवामा महाराज शसिया कीर्तन मण्डली, गोरिया र भुर्कीमा माँ शारदा कीर्तन मण्डली, डुम्री शिवथान र नवनगरमा हनुमान आराधना कीर्तन मण्डली, राजविराजमा राजदेवी कीर्तन मण्डली, डुर्मीमा शिवबाबा कीर्तन मण्डलीजस्ता सयभन्दा बढी कीर्तन मण्डली यस जिल्लामा रहेको पाइन्छ ।
कुमार बब्लु
डाढा २, सप्तरी, मो नं ९८०४७०९८४३
हाल ः दुर्गा मा. वि. राजविराज ः ८, सप्तरी
फोन नं ः ०३१५२०३७६
परिचय
नाम ः रामनारायण खङ्ग
साहित्यिक नाम ः कुमार बब्लु
स्थायी ठेगाना ः डाढा २, सप्तरी, मो नं ९८०४७०९८४३
हाल ः दुर्गा मा. वि. राजविराज ः ८, सप्तरी
फोन नं ः ०३१५२०३७६
शैक्षिक योग्यता ः
आइ. ए. (मानविकी)
स्नातक (संगीतमा)
