Skip to content


शिष्टता बेचेर शिष्ट-स्वाँठ भा’को
सत्धर्म शान्तिको बाटो हरा’को
न डर न घिन छ, उदांग लाजबिनाको
पतीत पशुभन्दा पनि अझै पतीतमाको
कुन दुष्ट नादानले हो बोला’को
कसले हो यहाँ यी प्रथभ्रष्ट ल्या’को
नाइकेको हूल छ नेताबिनाको
बुझ्छ कुरा को नेपाली व्यथाको ?
वातावरण जहाँ-तहाँ छ हा-हाको
सुन्छ को गाथा नेपाली कथाको ?
ईर्ष्या, द्वेष, वैरीत्वले सदाको
छन् सारा जनता खूबै छटपटा’को
अपुताली सोर्नै छन् सब लिप्त लुब्ध
कहाँ रहे सन्तान वीर भरोसाको !
उच्च संविधानको अपमान गरेर
छ नेपालकै कठै ! हँस्सी उडाको
स्नेह बन्धुसित छ न त आमामा भक्ति
धर्म-कर्म पनि छ उल्टो मनुष्यताको
आपस्तमा सधैँ काटमार गरेर
कठै ! आमालाई छ धर-धर रुवा’को
निरीह जन कठै ! सुकेर मर्ने झैँ छन्
छन् नाइके सब भुँडी फुट्न ला’को
अहो ! बडो उल्का देखेँ आज हेर लौ !
पशु भई मान्छेले प्रतिष्ठा डुबा’को
कस्ता कहाँका यी जन्तु हुन् ए ‘खुश्बू’ ?
सन्तान हुन् त यी नेपाल-आमाको ??

नेपाल साप्ताहिक ४९५

Leave a Reply

Your email address will not be published. Required fields are marked *