Skip to content


दिगन्त सारथि
प्रेमिल मुस्कान
कुनै फक्रेका फूलहरूका बास्ना
खोल नहालिएका सिरकहरू
पुल नबनाइएका खोलाहरू
सिउँदो नरङ्ग्याइएका निधारहरू
उद्घाटन नगरिएको
कुनै कायाको सिँढी
भयावह
तर, कौतुक जँचेका
परीक्षाका प्रश्नहरू ।

विश्व
खरबारी हो
जहाँ अनेकानेक जीवजन्तु
उफ्रेका छन्
राग
रतिराग
छरेर
सृष्टि
उम्रिएको छ
पन्पिएको छ
माया जसको न कुनै लिपि हुन्छ
जसको न कुनै परीक्षा हुन्छ
अन्तर्यमा
तिरोहित समागम
केवल आनन्दका लागि हो ।

नेपाल साप्ताहिक ४९७

Leave a Reply

Your email address will not be published. Required fields are marked *