Skip to content

पराईको सिन्दुर


पराईको सिन्दुर भरेर गयौ
सात समुन्द्र तरेर गयौ

ढकढक गर्थ्यौ यही मुटुभित्र
सदैव बसाइँ सरेर गयौ

झुटा सपनाको जालमा पारी
मलाई पागल गरेर गयौ

ओइलाउने रैछौ आखिर तिमी
अस्थायी बासना छरेर गयौ

हेर्दिन भन्थेँ तिम्रो रुप
यिनै आँखाअघि परेर गयौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *