Skip to content


पृष्ठभूमिः -आदरणीय पाठकवृन्द यो काठमाडौँको कुनै एक टिभी च्यानलबाट प्रसारण हुने अत्यधिक लोकप्रिय कार्यक्रम हो । आ-आफ्नो जवानीलाई पैसामा छोल्ने र बुढ्यौली लागेपछि एक अर्कालाई मोल्ने एक अधबैंसे जोडीले यस कार्यक्रमको प्रायोजन गर्नुभएको छ । उहाँहरू हुँदोखाँदो उमेरजति बाहिर बिताउने र छाला चाउरेपछि गैर ओछेन तताउने वर्गका पर्नुभएकाले उहाँहरूले बिहे -यसलाई नाटक भन्न उपयुक्त होला गरेको तीन महिनामै सम्बन्ध विच्छेद गर्नुपर्‍यो । त्यसैगरी, कार्यक्रम सञ्चालक/सञ्चालिका जसलाई आजभोलि भिजे -भिडियो जक्की भनिन्छ क्यार म चाहिँ पिजे -पोजदिने जक्की र एमजे -मोडलिङ्ग वा मोजगर्ने जक्की भन्न मनपराउँछु । हुन पनि उहाँहरूको व्यक्तित्व त्यस्तै छ । उहाँहरूबीच विधिवत लोग्नेस्वास्नीको सम्बन्ध नभए पनि चिनजान भएको तीन दिनमै उहाँहरू त्यो भन्दा पनि गाढा सम्बन्ध जोडेर एङ्करिङ इतिहासमा नयाँ फड्को मार्न सफल हुनुहुन्छ ।

दृश्यः आरम्भ
-पर्दा खुल्दा व्यापकरूपमा नेपाली संस्कृति झल्कने एउटा स्टुडियो देखिन्छ । स्टुडियोको एक साइडमा ढ्याङ्गरो, चमर, बौद्धगुम्बा, हिमाली फूलका थुँगा र यार्चागुम्बा देखिन्छन् भने अर्को साइडमा भैंसीको सिङ्ग, गोरुको पुच्छर, खर्पन, हाँडी, मान्द्रो र परालको त्यान्द्रो आदि सजाइएको देखिन्छ । कहिले नधोएको डुङ्गडुङ्ग गन्हाउने टिपिकल नेवारी पहिरनमा कार्यक्रम एङ्कर चरा र चरी देखिन्छन् । यो कार्यक्रम झटारोको शुभारम्भ हो । दृश्य साँघुरिँदै गएर स्टुडियो, चरा चरी, विचरा विचरी टेलिभिजन सेटमा देखिन्छन् । स्त्रिmनको एक छेउमा फुत्त फुत्त कार्यक्रमका भिजुअल क्लिप्सहरू आउँछन् जान्छन् । यत्तिकैमा टेलिफोन आउँछ ।) चराः हेलो को बोल्नुभो –
कलरः म –
चरीः हजुर, को रे !
कलरः म, म बोलेको ।
चराः मम भन्नाले तपाईं राँगो भैसीको दाजुभाइ पर्नु भो हैन त –
कलरः -गाली गर्दै) ए भाटे ! कसलाई राँगो भैंसीको दाजुभाइ भनेको – कार्यक्रममा सँगै नारिएर बस्नुपर्ने बरू टिमीहरू नै बोका र बाख्री जस्टा छौ ।
चरीः सरी ! सरी ! यहाँ कहाँबाट को बोल्नुभएको । -लाडिँदै) नाम भन्नुस् न प्लिज, मलाई तपाईंको नाम सुन्न कस्तो हतार भइरहेछ ।
कलरः हो..˜… टपाईं टेसो भन्नुहुन्छ भने म आफ्नो नाम भनिहाल्छु नि । ट्यो चरा हो कि ठेचराले राँगो भैंसीको कुरा गर्दा मेरो ट नभएको दिमाग पनि टाट्यो भन्या ।
चरीः मैले माफी मागेपछि भैहाल्यो नि । पहिले नाम भन्नुस् अनि कहाँबाट हो ठाम भन्नोस् ।
कलरः म देवपट्टनबाट बोलेको ।
चराः देवपत्तनबाट को देव बोल्नुभो –
कलरः -नेवारी भाषामा मनोलग) ः छन्ट आसे ! छ प्याँ जक वाले छन्ट छु याम मानि जिँ स्यु नि ! -जोस्सिदै म महादेव बोलेको) ।
चराः देवपत्तनबाट महादेव बोल्नुभा रै’छ । ल यो पशुपतिनाथ मन्दिरको दृश्य हेर्नोस् कस्तो लाग्छ तपाईलाई – टिभीमा तिरमिर तिरमिर मात्र देखिन्छ ।)
कलरः खै, टिरमिर टिरमिर माट्र देखिन्छ । कहाँ छ पशुपटि नाठ –
चरीः पख्नोस् है । -केही मिलाउँदै) ऐले मन्दिर अगाडिको बसाहा -साँढे) देख्नुभो –
कलरः कहाँ साँढे देख्नु ! साँढेको पछाडिको भागले स्क्रीन पुरै छोपेको छ ।
चराः यो सब छाँयाकारको कमाल हो । स्टिलबाट एकैचोटि मूमीमा दौडिँदा यस्तै हुन्छ ।
कलरः हैन यो स्टिल, पिट्टल, तामाबाट मूमीमा दौडन मिल्छ र –
चरीः कुरा के भने नि महादेवजी ! हामीले धातु सातुको कुरा गरेको हैन । स्टिल क्यामरा चलाउनेले भुमी क्यामरा चलायो भने यस्तो हुन्छ भन्न खोजेको क्या ।
कलरः -एकैचोटि राल, खकार सिंगान निस्किनेगरी हाँस्दै) एक हो चरीजी ! टपाईले कुरा गर्ने खुब मिथो छ भन्या । बास्टवमा भन्नुहुन्छ भने मैले ट्यो ठेचरालाई फोन गरेकै हैन, टपाइ विचरीलाई गरेको ।
चरीः धन्यवाद । -अर्को कलरको फोन आउँछ ।)
चराः -लेघ्रो तान्दै) हेलो कहाँबाट को बोल्नुभो –
कलरः म श्लेषमान्तक वनबाट पार्वती बोलेको ।
चराः -आत्तिदैँ चरीसँग) आज पशुपति एरियाबाट मात्र फोन आइरहेछ किन हँ –
चरीः -प्रत्रि्रश्न गर्दै) किन – हाम्रो कार्यक्रममा कुनै खास इलाकाबाट फोन गर्नु भनेको छ र –
चराः -सहमति जनाउँदै) त्यो त छैन ।
कलरः हेलो ! तपाईहरू मात्र कुरा गर्ने कि मलाई पनि बोल्न दिने । ऐले म तिमीहरूको कानमा पर्ने गरी यै टेलिफोनबाट श्लेषमान्तक वनको लप्सीको गेडा छिराइदिउँ कि क्या हो –
चराः -आत्तिदै) हजुर, अनि श्लेषमान्तक वनमा एक्लै अहिले के गरिरहनु भएको छ –
कलरः -गाली गर्दै) ए भाते बाँदर ! श्लेमान्तक वनमा म एक्लै छुकि क्या हो – तँ जस्ता बाँदरहरू यहाँ चाहिँदा छन् ।
चरीः सरी पार्वतीजी सरी ! ल भन्नुस् कुन गीतले यहाँलाई झटारो हानु –
कलरः -उत्तेजित हुँदै) अैले टेलिफोनको प्वालबाट कुहिएको लप्सीको झटारो हान्दिन्छु अनि थाहा पाउँछेस् । चुपो लागेर बसिरहेको मान्छेलाई किन झटारो हान्ने –
चराः माफ गर्नुहोला, झटारो भन्नाले हामीले गीतको झटारो भनेको । भन्नोस् यहाँलाई कुन गीत सुनाउँ –
कलरः त्यो गोधूँलीको झिसमिसेमा भन्ने गीत सुनाउनुहोस् ।
चराचरीः -मुखामुख गर्दै एक अर्कालाई सोध्छन्- कसले गा’को रहेछ यस्तो पाँडे गीत – यो कार्यक्रम चलाउन सारै गारो भो बा˜…। यो भन्दा त फिल्ममा हिरो हिरोइन हुनै सजिलो बरू) पर्वतीजी ! यो गीत कुन चाहिँ गाइने बज्ज्या हाम्रो मतलब कुन स्वाँठ गायकले लेघ्रो तानेर गाउनु भा’ होला –

कलरः थुक्क कोप्रे बाउन, यति पनि थाहा नपाउनेले कसरी कार्यक्रम चला हुन् – -रिसिभर बेस्सरी बजारेको आवाजले प्रसारणमा बाधा पुग्नैलागेको बेला चराचरी दुबै हत्तारिएर “अब एकैछिन यो ब्रेक” भनिहाल्छन् । -पर्दा)

दृश्यः दर्ुइ
-अघिल्ला दर्ुइ कलरका फोनको कारण चरा र चरीको अनुहारको कलर हराएझैँ देखिन्छ ।)
चराः आदरणीय दर्शकवृन्द ! ब्रेकपछि यहाँहरूलाई स्वागत गर्दै हामी एक्सीलेटर थिच्न चाहन्छौँ । -कुनै कलरको फोन आउँछ । चरा आत्तिदै चरीलाई रेसपोन्स गर्न भन्छ ।)
चरीः हेलो ! यहाँलाई कार्यक्रम झटारोमा स्वागत छ ।
कलरः धन्यवाद चरी दिदी ! अनि चरा दाइलाई पनि धन्यवाद ।
चराः -चरी बोल्न लागेको बेला उछिन्दै) धन्यवाद नानी ! सुरु गरौँ कुराकानी –
कलरः -मस्किदै) गरौँ गरौँ भैहाल्छ नि ।
चराः नानीको उमेर कति हो कुन्नि !
कलरः केटीको उमेर नसोध्नु भन्छन् नि ।
चराः भन्नेले भन्छन् । नभने केको ठन्ठन् । नाम चाहिँ के पर्‍यो अप्सरा नानीको –
कलरः तपाईं त क्या चलाख यार ! मेरो नामै अप्सरा हो, कसरी थाहा पाउनु भो –
चराः अप्सराहरू चरी जस्तै उडन सक्छ भन्थे । तपाईंको वासनादार प्वाँख उडाएर स्टुडियोसम्म ल्याइपुर्‍याएछ हावाले ।
चरीः -अनुहार कालो पार्दै) ल ल, यो पखेटाको प्वाँख र चङ्गाको ग्वाँखको कुरो छोडौँ । अब प्रसङ्ग मोडौँ । यहाँको कान कुन सिनेमाको गीतले छेडौँ –
कलरः चरा दाइलाई जुन मनपर्छ त्यसैले छेडौँ ।
चराः -चरीलाई धकेल्दै) ठीक छ अप्सरा रानी ! मेरो मतलब नानी ! कलिउडमा हालसालै रिलिज भएको निर्माता भालुभुत्तेको “तातो न छारो” भन्ने फिल्मको यो प्रेमगीत प्रस्तुत गरौँ है त –
कलरः हेलो चरा दाइ ! गीतसित केही सुनिदैन । टिभीमा त भारतका यौन देवहरूको स्थल खजुराहो मन्दिर परिसर पो देखिन्छ त ।
चराः यो भारतको खजुराहो हैन, “काठमाडौँको हनुमान ढोका जाओ” भन्ने मन्दिर परिसरको दृश्य हो । क्यामरामा म्यग्निफाइङ्ग लेन्स प्रयोग गरेर खिच्दा हनुमान ढोका मन्दिरका टुँडालहरू खजुराहो मन्दिरका चुँडालहरू भन्दा कम देखिन्नन् ।
कलरः -लाज मान्दै) म त टिनै छु ! दृश्य पचाउन अलि गारो हुनेरहेछ ।
चराः अब टिनबाट ड्रम हुन कति नै समय लाग्छ र !
कलरः आबुइ ! तपाईले ड्रम भनेपछि पो सम्झेँ । म त पानी भर्दै थिएँ, तपाईंको कुराकानीमा अलमलिएछु । धन्यवाद है चरा दाइ ! सी यू बाइ !
चरीः चरासँग जङ्िगदै) टिभी कार्यक्रममा पनि यस्तो छाडा छाडा बोल्ने हो –
चराः केको छाडा नि – कुराकानी नै नगर्ने हो भने टिभीमा खाली इशारै इशारा मात्र गर्ने, कसले बुझ्छ त्यो –
चरीः अलि प्रतिकात्मक रूपमा बोल्न सकिन्न साहित्यकारले जस्तो –
चराः कस्तो प्रतिकात्मक – आफूलाई आलोचनात्मक र समालोचनात्मक बाहेक हरू थाहा छैन ।
चरीः कस्तो लाटो मान्छे होला ! कोइ घोडचढीको शौखिन छ भने त्यसलाई घोडा शब्द पर्याप्त हुन्छ । त्यस्तै कोइ पर्खाल चढ्न पारखी भए उसलाई पर्खाल शब्द काफी हुन्छ । हावामा उड्ने सामानमा कमिसन खानेलाई लाउडा भने पुग्छ । तपाईं कुरै बुझ्नु हुन्न । तपाईं जस्तो एङ्करलाई पेट्रोलको टेङ्करले देख्यो भने आन्द्राभूँडी नै छताछुल्ल हुने गरी किचिक्कै बनाउँछ ।
चराः हैन म एङ्कर र पेट्रोल टेङ्करबीच के सम्बन्ध छ र –
चरीः दुवै संवेदनशील ! पेट्रोल अति प्रज्ज्वलित तपाई त्यसको दोब्बर उत्तेजित । अनि सम्बन्ध भए न त –
चराः ल ल, यो पेट्रोल सेट्रोलको प्रसङ्ग तोडौँ र टेलिफोनमा अर्को कलरसँग सम्बन्ध जोडौँ । हेलो कार्यक्रममा यहाँलाई स्वागत छ ।
कलरः हेलो क्यै सुनिएन ।
चराः कार्यक्रममा यहाँलाई स्वागत छ भनेको ।
कलरः हेलो क्यै सुनिदैन । टेलिफोनको तार खुस्क्यो कि के हो –
चराः टेलिफोनको तार हैन तपाईंको दिमाग खुस्क्यो । हेलमेट फुकाल्नुस् न पहिले ।
कलरः -हेलो हेलो गर्दै रिसिभरलाई कानमा बजार्दा हेलमेट लगाएको थाहा पाएपछि हाँस्दै) ए ! मैले त हेलमेट त फुकाल्नै बिर्सर्ेे । -फुकाल्दै) के गर्नु आजभोलिको समय ठीक छैन । हेलमेट नलगाइ त काहीँ हिँड्नै हुन्न । अस्ति एउटा च्याङ्गरे गायकको टाउकामा श्रीमतीले डाडु बजारिन् भन्ने सुनेदेखि हेलमेट त निकाल्ने डर लाग्छ । आफू पनि बाथरूम सिङ्गर परियो ।
चरीः यहाँ त गायक हुनुहुँदो रहेछ । एउटा गीत सुनाउनुस् न त ।
कलरः -तुरुन्तै) ल सुन्नुस् । “कलिउडकी तिमी पुडकी बोका पसल थाप्ने, टाउको दुख्यो भन्दा खेरि नाइटोतिर नाप्ने ! च्याउ जस्तो त्रि्रो कान झ्याउ जस्तो ज्यान, तर पनि सधैँभरि म त त्रि्रै फ्यान कृष्ण बजाऊ मुरली !”
चराः -ताली ठोक्दै) राम्रो अति राम्रो । तपाईँंले पप गाउने हो भने यहाँका जगल्टे गायकका कानका टप त फुतु फुतु र्झछन् । अनि शब्द रचना कसको, तपाईंकै –
कलरः हैन । मेरो बाल्यकालदेखि कट्टु लाउने साथी छट्टूप्रसादजीले लेख्नुभएको । एसएलसी दिँदा नेपालीमा दसपल्ट गुल्टेको कारण उहाँ प्रखर गीतकार हुनुभयो ।
चराः धन्यवाद ! फोन आएजस्तो छ । अर्को कलर समाऊँ है त –
कलरः कहाँ डलर समाउने कुरा गरेको ! उहाँ रामचाको भट्टीमा उधारो रक्सी खाएको नेपाली पैसा तिर्न नसकेर त्यो बाटो हिँड्नै छोड्दिसकेँ । -कुरा सुनेर चरी खित खित गरेर हाँस्छे)
चराः आदरणीय दर्शकहरू, एकै छिन यो व्यापारिक सन्देश । कहीँ नजानुहोला । हामी यतै कुनातिर लठारिरहेका हुन्छौँ । -पर्दा)

दृश्यः तीन
चराः आदरणीय मित्रहरू ! यो व्यापारिक सन्देशपछि कार्यक्रममा झटारोमा म यहाँहरूको कठालो समातेर उपस्थित गराउँदै अचारिक सन्देश सुनाउन चाहन्छु ।
चरीः ओहो ! फेरि यो अचारिक सन्देश भनेको के नि –
चराः अब व्यापारिक भनेको व्यापार अचारिक भनेको अचार कस्तो नबुझेको लाटी !
चरीः -रिसाउँदै) केही नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो नेपालको एकमात्र पुरानो टिभी च्यानलले मात्र भट्याउने यो व्यापारिक सन्देश किन भन्नुपर्‍या – बरू अङ्ग्रेजीमा कमर्सियल ब्रेक भने हुने अथवा व्यापारिक विश्राम भने पनि हुने ।
चराः -जोस्सिदै) अनि ब्रेकलाई विश्राम भन्छन् त – त्यसो भए विश्रामघरलाई के ब्रेकहाउस भन्ने – भैगो यो ब्रेकको तगारो हटाऊँ । -कुनै कलरको फोन आउँछ) मित्र को पर्नुभयो –
कलरः म कोपर्ने हैन, केरे कुन्जविहारी परेँ ।
चराः -अघिल्लो शब्द सुन्दैन) अनि विहारीजी ! कहाँ विहारबाटै बोल्नु भएको –
कलरः कहाँ विहारबाट बोल्नु ! म त यहीं ललितपुर बौद्ध विहारबाट बोलेको ।
चराः जहाँबाट भए नि विहार भनेको विहार नै हो नि कि कसो विहारीजी –
कलरः म विहारी हैन भन्या भाइ ! म त कुन्जविहारी हुँ ।
चराः -जोस्सिदै) कुन्ज भने पनि कुम्भ भने पनि तपाईं विहारी नै हो ल जा ।
कलरः हरे शिव शिव ! कस्तो दुःख दिएको मलाई ! मेरो सात दुना चौध पुस्ता नै यहीँ हर्ुर्केको भाइ ! म कसरी सम्झाऊँ तपाईंलाई –
चराः ए त्यसो पो, त्यसो भए ल माफ पाउँ । म त यहाँ दक्षिणतिरको विहारी भन्ठानेको । ल भन्नोस् तपाईंलाई कुन गीतले ठोकौँ –
कलरः पख्नोस् । गीतलाई अहिले रोकौँ । -स्याउ झिक्दै) पहिले यो स्याउलाई टोकौँ । -चराको कानमै रस पस्छ कि झैँ गरी कर्‍याम्म गरेर स्याउ टोक्दा एक्कासि स्त्रिmनमा झिलिक्क गरेर बत्ती बल्छ र कुन्जविहारी दृश्यबाट गायब हुन्छ)
चराः विहारीजी ! तपाईं विहारै पुग्नुभो कि के हो, तपाईं त हराउनु भो । -बिजुली चम्के जस्तो फेरि झिलिक्क हुँदा दृश्यमा महिला कलर देखिन्छ)
कलरः -कानै खानेगरी चिच्याउँदै) चरा दाइ ! भैगो त्यो तालुखुइले बूढो विहारी जतासुकै मुण्टोस् त्यसलाई छोडदिऊँ ।
चराः हेलो ! यहाँ कहाँबाट को बोल्नुभो –
कलरः म सिमसारबाट सीमा साहनी बोलेको ।
चराः अनि के छ त सिमसारनी नानी !
कलरः -बीचैमा) सिमसारनी हैन सीमा साहनी ।
चराः ओके ओके सिमादारनी ! यहाँको कान कुन गीतले तताउने –
कलरः त्यै क्या ।
चराः कुन –
कलरः त्यै, जब तिमीले धोक्रो ओढेर घोक्रो फुलाउँछौ, जब तिमीले गर्दन मोडेर सारा जीउ फुलाउँछौ तिमी त मेरै प्रिय डल्ले बङ्गुर जस्तै लाग्छौ” हो त्यै गीत सुनु न । क्या च्वाँक गीत छ ।
चराः -झकर्ेर्ेे हे, हामीसँग त्यस्तो गीतसित छैन । बेकारमा बङ्गुर सुङ्गुर भनेर । -चरा भुतभुताउँदै एकातिर हिँड्छ । जोख्न मिल्ने भए आधा किलो जति राल, सिँगान र खकार खस्ने गरी चरी निकैबेर हाँसिरहन्छे ।) -पर्दा) ।

1 thought on “झटारो”

Leave a Reply to ABhairab Cancel reply

Your email address will not be published. Required fields are marked *